आइएमई पे र क्युएफएक्स सिनेमाजबिच ‘आइएमई पे डे एट क्युएफएक्स’ नामक अफरको सम्झौता भएको छ । अफरअन्तर्गत ग्राहकहरूले क्युएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा रु. ५० को फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सक्ने बताइएको छ ।
आइएमई पेका अनुसार यो अफर तोकिएको अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागू हुनेछ । अफरका लागि निर्दिष्ट गरिएका सर्तअनुसार प्रयोगकर्ताले एक दिनमा एकपटक मात्र यो अफरअन्तर्गतको लाभ प्राप्त गर्न सक्नेछन् । त्यसपश्चात् प्रयोगकर्ताले पुनः अर्को बुधबार मात्र अफरको फाइदा उठाउन सक्नेछन् ।
यो अफर क्युएफएक्स सिनेमाजको ११ वटा हलहरूमा लागू भएको छ । मंगलबार राजधानीमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आइएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले सो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने धारणा पनि व्यक्त गरे ।
त्यस्तै, क्युएफएक्स सिनेमाजका व्यापार विकास प्रमुख तृप्ति गिरीले आइएमई पेसँग आबद्ध भई यो अफरमार्फत मुभीप्रेमीहरूलाई सहज हुने र अझ बढी ग्राहक आकर्षित हुने विश्वास व्यक्त गरिन् ।