आइएमई पेबाट चन्द्रागिरिको टिकट काट्दा विभिन्न छुट प्राप्त हुने भएको छ । आइएमई पे र चन्द्रागिरि हिल्सको साझेदारीमा ‘फिल द एयर’ नामक अफरमा छुट पाउने व्यवस्था गरिएको हो ।
अफरअनुसार चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एपमार्फत काट्दा चन्द्रागिरि हिल्समा रहेका विभिन्न राइड्सहरूमा छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सीमित समयका लागि मात्र लागू भएको यस अफरमार्फत प्रयोगकर्ताले जिप लाइनिङमा १५ प्रतिशत, स्विङ्स र बाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट पाउने जनाइएको छ ।
त्यस्तै, हरेक दिन एक भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निःशुल्क साँझ मात्र लागू हुने ‘इभिनिङ’ टिकट जित्ने मौका पाउने उल्लेख छ । उक्त टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ ।