सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण गर्न प्रधानमन्त्री कैलालीमा

सोमबार, १ फागुन, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटामा मेडिकल कलेजका लागि निर्मित संरचनाको निरीक्षण गरेका छन्। 

सरकारले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो। निरीक्षणका क्रममा प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको काम तीव्र रूपमा अगाडि बढाइने बताए।

‘मेडिकल कलेजको काम त अगाडि बढि नै सक्यो, अब स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको काम पनि अगाडि बढ्छ,’ उनले भने, ‘सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको निर्णय हिजो मात्र सरकारले गरेको छ। यो देशकै लागि गौरवको विषय हो।’

प्रधानमन्त्री प्रचण्ड सुक्खा बन्दरगाह र महाकाली करिडोरको निरीक्षणका लागि कञ्चनपुर गएका छ्न्। उनले आज नै कञ्चनपुरको महेन्द्रनगरमा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ।

सुझावित समाचार