‘इन्टरकलेज बास्केटबल टुर्नामेन्ट’ आयोजना गर्दै ब्रिटिस कलेज

बिहिबार, २६ माघ, २०७९
डिजिटल संस्करण

द ब्रिटिस कलेजले इन्टरकलेज बास्केटबल टुर्नामेन्ट आयोजना गर्ने भएको छ। बास्केटबल टोर्नामेन्ट यही २६ फेब्रुअरीबाट सुरु हुनेछ।

टिबिसी स्पोर्टस् क्लबद्वारा आयोजना हुने यस टुर्नामेन्टमा १६ कलेजका टिमहरूबीच प्रतिस्पर्धा हुनेछ। ब्रिटिस कलेजले दिएको जानकारीअनुसार विजेता टिमले ५० हजार नगद पुरस्कार पाउनेछ भने उपविजेताले २५ हजार नगद पुरस्कार पाउनेछ।

ब्रिटिस कलेजकै बास्केटबल कोर्टमा हुने खेल लिग कम नकआउट फर्म्याटमा खेलाइनेछ। उक्त प्रतिस्पर्धामा स्नातकमा अध्ययनरत विद्यार्थीले मात्र सहभागिता जनाउन पाउनेछन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका विद्यार्थीले भने खेल्न पाउने छैनन्।

बास्केटबल टुर्नामेन्टमा सहभागी हुन १० हजार दर्ता शुल्क लाग्नेछ। त्यस्तै, दर्ता गर्ने अन्तिम समय २२ फेब्रुअरी छ। 

सुझावित समाचार