अमेरिकी प्रथम महिला जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका पतिको ओठमा चुम्बन गरेकी छिन् । आफ्ना पति ‘स्टेट अफ द युनियन’ सम्भाषणका निम्ति मञ्चमा जाँदै गर्दा जिलले कमलाका पति डग एम्होफको हात समाएर आलिंगनका साथै ओठमै चुम्बन गरेपछि भाषण सुन्न बसेका उच्च नेतृत्वको ध्यान त्यस घटनातर्फ तानिएको थियो ।
सामान्यतया पश्चिमा मुलुकमा अभिवादन वा स्नेह प्रकट गर्दा आलिंगनका साथ ओठले स्पर्श नगरी निधार वा गालामा चुम्बन गरिन्छ । तर, बुधबार ‘प्रथम महिलाले दोस्रा पुरुषलाई’ ओठमै चुम्बन गरेको मैत्रीपूर्ण अभिवादनको भिडियो भाइरल बन्न पुग्यो । न्युयोर्क टाइम्समा प्रकाशित उक्त तस्बिरबारे टीकाटिप्पणी हुन थालेका छन् ।
बाइडेन प्रशासनको आलोचक फक्स न्युजले उक्त तस्बिरको आलोचना गरेको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार केलिन कानवेले उक्त तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेका छन्, ‘वास्तवमै कोभिड सकिएछ ।’