प्रमुख प्रशासकीय अधिकृत गुरुङसहित चारैजनालाई सफाइ

बुधबार, २५ माघ, २०७९
डिजिटल संस्करण

विशेष अदालतले गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य बलभद्र बाँस्तोलाको बुधबारको इजलासले यस मुद्दामा प्रतिवादी बनाइएका ठेकेदारमाथि पनि कसुर ठहर नहुने फैसला गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ असार ०७८ मा उक्त गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा दायर गरेको थियो । 

वास्तविक कार्यभन्दा बढी परिमाणको दरले हुन आउने रकम बढाई विस्तृत लागत तयार गरेको, नापी किताब कार्यसम्पन्न प्रतिवेदन, गोश्वारा भौचरलगायतका कागजात बनाई भुक्तानी गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । 

उक्त क्रममा तीन लाख ६८ हजार रुपैयाँभन्दा बढीको भुक्तानी गैरकानुनी रूपमा ठेकेदारलाई लाभ पुर्याउने हिसाबले भएको देखिएको थियो । यस मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङ, लेखापाल गंगाबहादुर घले र इन्जिनियर सुजन अंगाईविरुद्ध मुद्दा दायर भएको थियो 

उक्त सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी अमर गुरुङलाई समेत प्रतिवादी कायम गरिएको थियो । तर, विशेषले यस मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिने फैसला गरेको छ । 

सुझावित समाचार