टर्की भूकम्प : कोही नेपाली समस्यामा परे यी नम्बरमा सम्पर्क गर्नुस्

मंगलबार, २४ माघ, २०७९
डिजिटल संस्करण

इस्लामाबादमा रहेको नेपाली राजदूतावासले टर्कीमा आज गएका दुई शक्तिशाली भूकम्पहरू एवं परकम्पबाट प्रभावित त्यस क्षेत्रमा रहेका नेपाली नागरिकले आफूलाई समस्या परे तुरुन्त राजदूतावासलाई खबर गर्न आग्रह गरेको छ ।

मंगलबार विनोद पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ। उहाँहरूलाई परिवार र आफन्त एवं साथीहरूसँग सम्पर्कमा आउन र यस विषम परिस्थितिमा आफ्नो समस्याबारे यथाशीघ्र जानकारी गराउन अनुरोध गरिएको छ।’

दूतावासले आफ्ना परिवार, आफन्त, साथीहरू र अन्य नेपालीसँग सम्पर्कमा नआएका एवं  कुनै समस्यामा परेका नेपालीसम्बन्धी खबर प्राप्त भएमा ००९२ ५१२६१०३१७, ह्वाट्सयाप नं.: 0092512610321,इमेल: [email protected] र +90 537 277 71 96 सम्पर्क नम्बरहरूमा जानकारी गराई सहयोग गरिदिन  सबैमा अपिल गरेको छ । 

सुझावित समाचार