रास्वपाका तीन मन्त्रीकाे राजीनामा स्वीकृत, थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

सोमबार, २३ माघ, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामापछि उनीहरूले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेकी छिन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। 

राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएको थियो। 

सो पार्टीका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा शिशिर खनाल सहभागी थिए। उनीहरूले आफ्नो पदबाट राजीनामा दिएपछि ती मन्त्रालयको नेतृत्व रिक्त भएको थियो। 

सुझावित समाचार