भिभोले नेपालमा वाई सिरिजको नयाँ मोडल वाई ०२ सार्वजनिक गरेको छ । ग्राहकहरूलाई सुलभ मूल्यमा नवीन तथा सुविधायुक्त विशेषताहरू प्रदान गर्ने उद्देश्यले यो मोडल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
आकर्षक डिजाइनमा रहेको वाई ०२ मोडलमा ५००० एमएएच ब्याट्री, २ जिबी र्याम र ३२ जिबी रोम रहेको छ । यसको ३२ जिबी स्टोरेजलाई एक टिबीसम्म विस्तार गर्न सकिन्छ ।
६.५१ इन्चको एचडी प्लस डिस्प्ले रहेको यो फोनमा इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्सन मोड पनि रहेको छ । यसको २.५ डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउनुका साथै हातमा बोक्दा पनि आरामदायी बनाउँछ ।
मिडियाटेक पी २२ द्वारा सञ्चालित भिभो वाई ०२ मा ८ एमपी रियर क्यामेरा तथा ५ एमपी फ्रन्ट क्यामेरा छ । कस्मिक ग्रे र अर्किड ब्लुमा उपलब्ध यो स्मार्टफोन रु. १२,४९९ मा देशभरका सबै रिटेल स्टोरहरूमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।