आर्सनललाई हराउँदै सिटी एफए कपको पाँचौँ चरणमा

शनिबार, १४ माघ, २०७९
डिजिटल संस्करण

म्यानचेस्टर सिटी एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ। आर्सनललाई १–० ले पराजित गर्दै सिटी पाँचौँ चरणमा प्रवेश गरेको हो। 

सिटीका नाथन एकेले निर्णायक गोल गरे। ६४औँ मिनेटमा ज्याक ग्रिलिसको पासमा एकेले गोल गरेका हुन् । 

प्रिमियर लिगमा यस सिजन उत्कृष्ट लयमा रहेको आर्सनल भने सिटीसँग हारपछि चौथो चरणबाटै बाहिरिएको छ।

See More On

सुझावित समाचार