सर्वोच्चमा बढाइयो सुरक्षा

शुक्रबार, १३ माघ, २०७९
डिजिटल संस्करण
सर्वोच्चमा बढाइयो सुरक्षा

सर्वाेच्च अदालत परिसर । तस्बिर : शिल्पा कर्णा/नयाँ पत्रिका

सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी बढाइएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएसँगै सर्वोच्च परिसरमा सुरक्षा तैनाथी बढाइएको हो । 

सर्वोच्चमा प्रहरी उपरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीको टोली नियमित रहने गरेको छ । तर, केही बेरअघिबाट अदालतमा जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त सिंहदरबारबाट थप टोली खटाइएको छ । 

सुनुवाइ सकिएसँगै संवैधानिक इजलासका न्यायाधीशहरू फैसलाको गृहकार्यमा लागेका छन् । 

सुझावित समाचार