चाडबाडको समयमा फेसनेबल सनग्लास लगाएर हिँड्न धेरैले रुचाउँछन् । तर, सनग्लास छान्दा हामीले फेसन कन्सस मात्रै भएर पुग्दैन, त्यसले आँखामा पार्ने प्रभाव तथा कुन प्रयोजनका लागि उक्त ग्लास बनेको हो भन्नेतर्फ पनि ध्यान दिनुपर्छ । कस्तो प्रकाशमा कुन सनग्लास फिट हुन्छ भन्ने विषय हामीले जान्न जरुरी छ ।
मुख्य कुरा सनग्लास किन्ने नै अल्ट्राभ्वाइलेट रे अर्थात् सूर्यको विकिरणबाट आँखालाई जोगाउनका लागि हो । घाममा आँखाको सीधा सम्पर्क नहोस् भन्नका लागि सनग्लासको खरिद गरिने भएकाले अल्ट्राभ्वाइलेट रे प्रोटेक्सन भएका ग्लास मात्रै किन्नुपर्छ । सनग्लासको अर्को फाइदा भनेको यसले धुलोधुवाँबाट आँखालाई जोगाउँछ ।
बादल लागेको वा हल्का अँध्यारो भएको दिनमा ब्राउन वा एम्बर कलर राम्रो हुन्छ । यसले कन्ट्रयास्ट बढाउँछ । फिसिङ, हाइकिङ, साइक्लिङमा जानेहरूले यो ग्लास लगाउनु राम्रो हुन्छ ।
लो लाइट कन्डिसन अर्थात् घाम मज्जाले नलागेको समयमा एल्लो र अरेन्ज कलर पनि राम्रो मानिन्छ । इन्डोर स्पोर्टस्का लागि यो ग्लास राम्रो हुन्छ । हिउँ खेल्न जानेहरूले पनि यी कलरका ग्लास लगाउन राम्रो हुन्छ ।
ब्लु लाइट र ग्लेयरबाट बचाउन ग्रिन कलर उपयुक्त मानिन्छ । गल्फ, बेसबल, टेनिस खेल्नेहरूले यस्तो कलरको ग्लास छान्ने गरेका छन् ।
रोज र रेड टिन्ट लगाएर ड्राइभिङ गर्दा भिजिबिलिटी राम्रो देखिन्छ । कम्प्युटरबाट आउने हानिकारक ब्लु लाइटलाई कम गर्न यसले सहयोग गर्ने भएकाले कम्प्युटर चलाइराख्नेका लागि पनि यो ठीक हुन्छ । सबै कलरका सनग्लासलाई पोलोराइज्ड गर्न, युभी प्रोटेक्सन गर्न र पावर हाल्न पनि मिल्छ ।
अनुहारको साइजअनुसार फरक–फरक डिजाइनमा गगल्स छान्न सकिन्छ । तपाईंको अनुहार गोलो र लाम्चो के छ, सोही आधारमा विभिन्न आकारका गगल्स छान्न सक्नुहुन्छ ।