क्रसरमाथिको प्रतिबन्ध फुक्यो, पछि हट्यो सरकार

बुधबार, ११ माघ, २०७९
डिजिटल संस्करण
क्रसरमाथिको प्रतिबन्ध फुक्यो, पछि हट्यो सरकार

फाइल तस्बिर ।

अवैध क्रसर बन्द गर्ने निर्णयबाट सरकार पछि हटेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले क्रसर प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो। 

क्रसर प्रतिबन्धका कारण देशभर निर्माणका गतिविधि ठप्प भएपछि अन्ततः सरकार पछि हटेको हो। हाललाई केही समय दिएर प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिएको हो। 

गत २० पुसमा गृह मन्त्रालयले अवैध क्रसर बन्द गर्ने निर्णय गरेको थियो। त्यही निर्णयका आधारमा देशभरका सबै क्रसर बन्द गरिएका थिए।

आगामी असारसम्म दर्ता गर्ने समय दिएर त्यसअघि चल्न दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

See More On

सुझावित समाचार