चिसोले सिराहामा एक व्यक्तिको मृत्यु

सोमबार, ९ माघ, २०७९
डिजिटल संस्करण

चिसोले कठ्यांग्रिएर सिराहामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा नगरपालिका– ७ का ५० वर्षीय मदन पासमान रहेका प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय सिराहा (ख)का अनुसार पासमानको चिसोका कारण सोमबार बिहान मृत्यु भएको हो । मृतककी श्रीमती गौरीदेवी पासमानको उपचार अभावमा क्यान्सरका कारण चार वर्षअघि नै मृत्यु भइसकेको छ ।

आर्थिक अवस्था निकै कमजोर रहेका पासमानले दैनिक मजदुरी गरी दुई छोरा र एक छोरी हुर्काउँदै आएका थिए ।

सुझावित समाचार