गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु दलहरूले आफैँमाथि विश्वास नगर्नु हो : नेम्वाङ

बिहिबार, ५ माघ, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरूले आफैँमाथि विश्वास नगर्नु रहेको टिप्पणी गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रपतिका लागि राजनीतिक दलहरूले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने बताए। राष्ट्रपतिमा नेकपा एमालेबाट नेम्वाङको नाम चर्चामा छ। उनले संविधानले कल्पना गरेको सक्षम व्यक्तिले संविधानअनुसार काम गर्न सक्ने बताए।

‘गैरराजनीतिक दलबाट राष्ट्रपति बनाउने कुरा राजनीतिक दलहरूले आफैँमाथि गरेको अविश्वास हो। राजनीतिक दलहरूले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्छ। जुन सक्षम व्यक्ति संविधानले कल्पना गरेको जस्तो काम गर्न सकोस्। मलाई दलभन्दा बाहिरको मान्छे हजम भएको छैन। अब राष्ट्रपति हुनका लागि कुनै कुलमा जन्मिनुपर्दैन,’ नेम्वाङले भने।
 

सुझावित समाचार