कांग्रेस नेता भण्डारी भन्छन्– अब राष्ट्रपतिलाई मिसन बनाएर गठबन्धन टुटाउने प्रयास गर्छौँ

बिहिबार, ५ माघ, २०७९
डिजिटल संस्करण
कांग्रेस नेता भण्डारी भन्छन्– अब राष्ट्रपतिलाई मिसन बनाएर गठबन्धन टुटाउने प्रयास गर्छौँ

फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सत्तारूढ गठबन्धन टुटाउन राष्ट्रपति चयनमा पनि प्रयास गर्ने बताएका छन् ।

एमालेले माओवादीसहित आफूहरूको गठबन्धन टुटाएकाले कांग्रेसले पनि त्यस्तै प्रयास गर्नु स्वाभाविक भएको उनको तर्क छ । सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएलगत्तै उनले संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन् ।

सांसद भण्डारीले सभामुखलाई मिसन बनाएर सत्तारूढ गठबन्धन टुटाउने प्रयास सफल नभएकाले अब राष्ट्रपतिलाई मिसन बनाएर सो कामलाई अघि बढाउने स्पष्ट पारे । सांसद भण्डारीले गठबन्धनलाई टुटाउने काम राजनीतिमा निरन्तर भइरहने बताए ।

‘पहिला हामी माओवादीसहित चारवटा पार्टी गठबन्धनमा गयौँ । सरकार बनाउने वेलामा त्यो गठबन्धन टुट्यो । जसको गठबन्धन टुटेको छ, त्यसले अर्को गठबन्धन टुटाउन लागिरहन्छ नि । त्यो निरन्तर प्रक्रिया हो । यो राजनीतिमा आउने स्वाभाविक प्रक्रिया हो,’ उनले भने ।

सुझावित समाचार