मेकअप गर्नुअघि मोस्चराइजर क्रिम लगाउने
जाडो मौसममा चिसो हावाले छालालाई सुक्खा बनाउँछ । त्यसैले मोस्चराइजर लगाइरहनु राम्रो हुन्छ । बजारमा विभिन्न मेकअप सामग्री पाइन्छन् । त्यस्ता मेकअप प्रडक्टले अनुहारको छालामा खराब असर पनि पुर्याउन सक्छ । राम्रो क्वालिटीको मेकअप प्रडक्ट प्रयोग गर्नुपर्छ । ड्राई स्किनका लागि मेकअप गर्नुअघि सफा पानीले अनुहार सफा गर्नुपर्छ । त्यसमा हल्का मोस्चराइजर लगाउने र केही मिनेटपछि फाउन्डेसन लगाउनुपर्छ ।
लिक्विड हाइलाइटर लगाउने
जाडो सिजनमा मेकअप सामग्रीमा क्वालिटीको लिक्विड फाउन्डेसन समावेश गर्न जरुरी हुन्छ । यसलाई नरम मेकअप ब्रसले लगाउनुपर्छ । यसले अनुहारलाई चम्किलो बनाउँछ । फरक लुक्स दिन्छ ।
पाउडर नलगाउने
बजारमा विभिन्न कम्पनीका पाउडर प्रडक्ट पाइन्छन् । जाडोमा मेकअप गर्दा पाउडर प्रयोग गर्नुहुँदैन । यसले छाला सुक्खा बनाउँछ र चमक हराउँछ ।
लाइट मेकअप गर्ने
जाडोमा सकभर लाइट मेकअप गर्नु राम्रो हुन्छ । बिबी क्रिम, फेस पाउडर, हाइलाइनर र लिपस्टिक मात्रै प्रयोग गर्दा राम्रो हुन्छ । मेकअपमा फिनिसिङ टच दिँदा ब्लस अनिवार्य प्रयोग गर्नुपर्छ । अनुहारको चमक बढाउन ब्लसको प्रयोग गरिन्छ । यसले अनुहारको सेपलाई सुधार्न सहयोग गर्छ र असन्तुलित मेकअपलाई ठीक बनाउँछ ।