ऊनीका यस्ता स्वेटरले स्टाइलिस देखिन्छन् महिला

बुधबार, ४ माघ, २०७९
डिजिटल संस्करण

टर्टल नेक स्वेटर : अहिले टर्टल नेक स्वेटर निकै ट्रेन्डिङमा छ । सेलेब्रिटीदेखि आममहिलाहरू स्टाइलिस देखिनका लागि यस्तो स्वेटर लगाउन रुचाउँछन् । टर्टल नेक स्वेटर लगाउँदा न्यानो पनि हुन्छ । जिन्स पाइन्ट वा स्कर्टमा म्याच गरेर लगाउँदा यसले तपाईंलाई सानदार लुक्स दिन्छ । 

कास्मिरी पस्मिना : शारीरिक रूपमा मोटा युवतीका लागि यो उपयुक्त हुन्छ । यसलाई ओड्दा शरीर ढाकिने भएकाले न्यानो दिन्छ । अर्कोतर्फ, तपाईंलाई हल्का स्लिम पनि देखाउँछ । हुन त नेपाली पस्मिना पनि राम्रै हुन्छ । तर, यो एकातर्फ महँगो पर्न जान्छ भने अर्कोतर्फ बजारमा पनि कम पाइन्छ । कास्मिरी पस्मिना भने केही सस्तोमा पाइन्छ । त्यसकारण यो निकै चलेको छ । कुर्था–गाउन तथा पार्टीवेयरमा पनि म्याच गरेर यसलाई प्रयोग गर्न सकिन्छ । 

ओभरकोट लुक्स : जाडोमा स्टाइलिस र कम्फर्टेबल लुक्सका लागि तपाईंले जिन्स या ट्राउजरसँग म्याच गरेर खुकुलो स्वेटर प्रयोग गर्न सक्नुहुन्छ । त्यसपछि स्वेटरमाथि लामो अोभरकोट (घुँडासम्म आउने) लगाउन सक्नुहुन्छ । यो लुक्समा महिलालाई निकै कुल र आकर्षक देखिन्छ । लङ कोटको फ्याब्रिकसँग म्याच हुने बुट वा हाई हिल लगाउन सकिन्छ । 
 

See More On

सुझावित समाचार