झन्डै डेढ लाख घुससहित इन्जिनियर पक्राउ

मंगलबार, ३ माघ, २०७९
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको हो। निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा साहलाई पक्राउ गरेको प्रवक्ता भण्डारीले बताए।

सुझावित समाचार