उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

सोमबार, २ माघ, २०७९
डिजिटल संस्करण

सरकार सञ्चालनमा सहयोग गर्न बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक केहीबेर पछि बस्दै छ । 

मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा लागि संयन्त्रको बैठक बोलाइएको हो । प्रधानमन्त्री प्रचण्ड र संयन्त्रका संयोजक तथा एमाले अध्यक्ष केपी ओलीबीच आज भएको छलफलले संयन्त्रको बैठक बोलाउने सहमति गरेको थियो । 

सरकारका प्रवक्तासमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्न संयन्त्रको बैठक बोलाइएको जानकारी दिए । 

सो बैठकले प्रधानमन्त्रीलाई मत दिएका तथा सरकारमा सहभागी हुन चाहेका दलहरूको विषयमा निर्णय लिने तथा सरकारमा सहभागी दलहरूले पाउने मन्त्रालयको टुंगो लगाउने बताइएको छ ।

ओलीसँगको छलफलपछि बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

सुझावित समाचार