प्रधानमन्त्रीलाई बधाई दिँदै चिनियाँ राजदूतले भने– नेपालको विकास र समृद्धिमा साथमै रहन्छौँ

सोमबार, २ माघ, २०७९
डिजिटल संस्करण

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । भेटमा  राजदूत सोङले प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई र शुभकामना सन्देश हस्तान्तरण गरे ।

साथै उनले  नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ साथमा रहने बताए । प्रधानमन्त्रीले चिनियाँ सहयोग, सदभाव र भ्रातृत्वका लागि धन्यवाद दिँदै आफ्नोतर्फबाट राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए । 

सुझावित समाचार