भारतीय प्रधानमन्त्री मोदीले भने- मर्माहत भएको छु

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको जहाज दुर्घटनाबाट आफू मर्माहत भएको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत मोदीले भनेका छन्, ‘भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको ज्यान जाने गरी नेपालमा भएको हवाई दुर्घटनाले मर्माहत भएको छु । यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।’

पोखरामा आज यती एयरलाइन्सको विमान दुर्घटना भएपछि मोदीले आफू मर्माहत भएको जनाएका हुन् । चालक दलका चार सदस्यसहित ७२ यात्रु रहेको विमानका ६९ जनाको शव फेला परेको छ । 

विमानमा पाँच भारतीय पर्यटकसमेत थिए । 

सुझावित समाचार