विमान दुर्घटना : मृतक ११ जनाको सनाखत

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण

पोखरामा भएको यती एयरलायन्सको ९एन–एएनसी विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ जनाको सनाखत भएको छ।

फेला परेका ६८ शवमध्ये ११ को सनाखत भएको प्रहरीले जनाएको छ। जहाजमा चालक दलका चार सदस्य र ६८ यात्रु सवार थिए।

सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ।

यस्ताे छ सनाखत भएकाहरूकाे विवरण :

सुझावित समाचार