प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसकाे निर्णयमा प्रदीपको पनि असहमति

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस कार्यसम्पादन समितिको निर्णयमा नेता प्रदीप पौडेलको असहमति जनाएका छन्। कांग्रेस संसदीय दलको बैठकमा उनले असहमति जनाएका हुन्।

विश्वासको मत दिइसकेपछि नैतिक रूपमा प्रतिपक्षमा बस्न नमिल्ने उनको तर्क छ। ‘मत दिइसकेपछि राजनीतिक र नैतिक रूपमा प्रतिपक्षमा बस्न मिल्दैन। कानुनी जटिलता छन् भनेर मैले असहमति जनाएको हुँ,’ बैठकपछि पौडेलले भने।

कांग्रेस कार्यसम्पादन समिति बैठकले प्रतिपक्षमा बस्ने गरी प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो। सो निर्णयबारे संसदीय दलको बैठकमा छलफल भएको थियो।

कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले असहमति दर्ज गराएका थिए।

सुझावित समाचार