नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विश्वासको मत लिनेमा आफू ढुक्क रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
उनले विगतका केही महिनामा देशले नयाँ परिवर्तन खोजेको र परिवर्तनको रूपमा नयाँ पार्टी र नयाँ सांसदहरूको उदय भएको बताए।
ओलीले देशको उन्नतिका लागि सरकार बनाउने भएको भन्दै सबैले एकसाथ मिलेर काम गर्नुपर्नेमा जोड दिए। उनले यो सरकारसमक्ष सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेद अन्त्य गर्ने चुनौती रहेको औँल्याए।
सांसद र नेताहरूको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि काम गर्ने समय नहुने भन्दै गोटी चाल्ने नभई काम गर्ने बाटो समात्न आग्रह गरे।
उनले सरकार बन्न नपाउँदै भत्काउने षड्यन्त्रमा नलाग्न आग्रह गर्दै आफ्नो समयको सही उपयोग गर्न आग्रह गरे।