अहिलेसम्मका सबै भ्रष्टाचारको छानबिन गर्छौँ : रवि लामिछाने

सोमबार, २५ पुष, २०७९
डिजिटल संस्करण
अहिलेसम्मका सबै भ्रष्टाचारको छानबिन गर्छौँ : रवि लामिछाने

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछानेले अहिलेसम्म भएका सबै भ्रष्टाचारको अनुसन्धान र छानबिन गरिने बताएका छन् । 

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचारको छानबिनमा सरकार निर्मम भएर लाग्ने बताए । उनले भ्रष्टाचारको अनुसन्धान र छानबिनमा प्रभाव नपरिदिन अन्य दलका सांसदहरूलाई आग्रह पनि गरे । ‘आफ्ना मान्छे छुटाउनुपर्याे भन्दै दबाब नदिनुहोला,’ उनले भने, ‘भ्रष्टाचारको अनुसन्धान र छानबिनमा प्रभाव नपारिदिनुहोला । किनभने हामी निर्मम भएर भ्रष्टाचारको छानबिन गर्नेछौँ ।’

उनले आफू र आफ्नो दलका कुनै पनि सांसद कुनै पनि किसिमको अनियमिमतामा संलग्न नहुने वाचा व्यक्त गरे ।

सुझावित समाचार