अन्तर्राष्ट्रिय राष्ट्रवादीहरूको उदय

शनिबार, २३ पुष, २०७९
डिजिटल संस्करण

गत अगस्टमा हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बानले अमेरिकाको डलासमा आयोजित ‘कन्जरभेटिभ पोलिटिकल एक्सन कमिटी’को सम्मेलनलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपतीय निर्वाचन र युरोपेली संसदीय निर्वाचनका कारण सन् २०२४ महŒवपूर्ण भएको विचार राखे । अर्बानले यी दुई परिघटनालाई मानौँ मूल्यको एउटै युद्धका फरक मोर्चाजसरी सम्बोधन गरे । ‘पश्चिम आफैँसँगको युद्धमा छ,’ अर्बानले दक्षिणपन्थी रिपब्लिकन श्रोताहरूलाई सम्बोधन गर्दै भने, ‘हामीले एक–अर्कामा मित्र र समर्थन खोज्नुपर्छ । हामीले हाम्रा सेनाको आवागमनलाई समन्वय गर्नैपर्छ । किनकि हामी एउटै चुनौतीको सामना गरिराखेका छौँ ।’

अर्बानको भाषणले समकालीन राष्ट्रवादको एक उल्लेखनीय विशेषता अर्थात् यसको अन्तर्राष्ट्रिय चरित्रलाई उजागर गर्छ । विगतमा इटालीदेखि स्विडेनसम्मका राष्ट्रवादी पार्टीहरूले युरोपेली संघ, युरो र नाटो छोड्ने प्रस्ताव अघि सारेकै हुन् । तर, अहिले यी सबैजसो पार्टीले बुझेका छन् कि बढ्दो शत्रुतापूर्ण विश्वमा यी संस्थाहरूको सदस्यताले तिनका देशलाई आर्थिक तथा सैन्य सुरक्षाको एउटा स्तर प्रदान गर्छ, जुन यी समूहभन्दा बाहिरबाट प्राप्त गर्न असम्भव छ । यी बहुपक्षीय निकायको अंग हुन अरूहरूसँग समन्वय गर्नु र युरोपलाई एक हिसाबले परिभाषित गर्न प्रयासरत अखिल युरोपेली संघर्षबारे आफ्नो विचार साझा गर्ने राजनीतिज्ञसँग सहकार्य गर्नुपर्ने हुन्छ ।

हिजोआज अर्बान आफूले रक्षा गर्न चाहेको संस्कृति युरोपेली संस्कृति नै हो, न कि हंगेरियाली भन्ने गर्छन् । अर्बानलाई अक्सर अंग्रेजीभाषी मिडियामा ‘युरोपेली–विरोधी’का रूपमा चित्रण गरिन्छ, जुन गलत हो । उनी युरोपेलीविरोधी होइनन् । उनी इयूका संस्थाहरूको उदारवादी पक्षधरताका चाहिँ विरोधी हुन् । उनी आफूलाई वासिङटनका संस्थापनको उदारवादी पक्षधरतालाई विरोध गर्ने रिपब्लिकन जत्तिको अमेरिकी विरोधी हुन आफू त्यत्तिको युरोपेली विरोधी नभएको ठान्छन् । यसविपरीत अर्बान आफूलाई युरोपेलियताको साँचो मसालवाहक मान्छन् । केवल प्रतिस्पर्धा युरोपेली वा अमेरिकी हुनुको अर्थ के हो भन्ने मात्रमा हो ।

त्यसैले हामी पश्चिमा जगत्का सबभन्दा कुख्यात राष्ट्रवादीहरू दर्जनौँ राष्ट्रका कथित राष्ट्रवादीहरू सहभागी भएको सभामा जमघट भएको देख्न सक्छौँ । जस्तो कि स्पेनको दक्षिणपन्थी पपुलिस्ट पार्टी भोक्सले सन् २०२२ को जनवरीमा म्याड्रिडमा आयोजना गरेको भेला । त्यसको केही महिनापछि अर्बानले बुडापेस्टमा आयोजना गरेको कन्जरभेटिभ पोलिटिकल एक्सन कमिटीको भेला, जसको फक्स न्युजले खुबै प्रशंसा गरेको थियो ।

उनीहरूबीचको पारस्परिक समर्थन सकारात्मक मिडिया कभरेजभन्दा बाहिर विस्तारित छ । अर्बानका मित्रगण सेयरहोल्डर रहेको एउटा हंगेरियाली संस्थाले सन् २०२२ को फ्रान्सको राष्ट्रपतीय निर्वाचन अभियानका लागि मारिन ले पेनलाई एक करोड युरोभन्दा बढीको आर्थिक सहायता ग¥यो ।

राष्ट्रपति ट्रम्पका पूर्वरणनीतिकार स्टेभ ब्याननले इटालीको एउटा आठ सय वर्ष पुरानो इसाई मठमा दक्षिणपन्थका अभियन्ताका लागि एउटा कुलीन तालिम केन्द्र (एकेडेमी) नै स्थापना गर्ने प्रयास गरे । भर्ना र उद्देश्यका दृष्टिले सुसूचित रूपले नै अन्तर्राष्ट्रिय प्रकृतिको थियो त्यो एकेडेमी । तर, कारारीय दायित्व पूरा गर्न असफल रहँदा त्यसलाई इटालीको सरकारले बन्द गरिदियो ।

ब्याननको स्कुललाई पश्चिमी यहुदी–इसाइको प्रज्ञाकुञ्ज भनिएको थियो । उसले पश्चिमी सभ्यताको रक्षा गर्न लालायीतबाट भर्नाको आवेदन नै मागेको थियो । यो स्कुलको नामले नै हामीलाई यी विभिन्न राष्ट्रवादी समूहलाई एक ठाउँमा ल्याउने प्रयासबारे केही अन्तर्दृष्टि प्रदान गर्छ । उनीहरूमध्ये अधिकांशमा ‘मसिही (क्रिस्चियन)’ मार्काको राष्ट्रिय पहिचान अनि मसिही मूल्य एवं मान्यताप्रति लगाव छ ।

सन् २०१९ को एउटा सम्भाषणमा अर्बानले युरोप ‘आफ्नो वास्तविक मूल्य–मान्यताको स्रोत अर्थात् आफ्नो मसिही पहिचानतर्फ अग्रसर भए मात्र युरोपलाई बचाउन सकिने’ कुरामा जोड दिएका थिए । अर्बानकी राजनीतिक सहयोगी एवं इटालीकी नयाँ प्रधानमन्त्री जियोर्जिया मिलोनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गर्न सन् २०२१ मा प्रकाशित ‘डिफेन्डिङ युरोपियन भ्यालुज एन्ड क्रिस्चियन आइडेन्टिटी’ पुस्तकको सहयोग लिन्छिन् । त्यसयता मिलोनीले आफूलाई पुटिनबाट टाढै राखेकी भए पनि उनका मूल्यहरूबाट भने आफूलाई पर राखेकी छैनन् । अरूभन्दा बढी धर्मनिरपेक्ष रहेको फ्रान्समा समेत मारिन ले पेन मुलुकको ‘लिवेर्ते, इगालिते र फ्रातरनिते’ (स्वतन्त्रता, समानता र भातृत्व)को सिद्धान्त अन्ततोगत्व मसिही परम्पराबाटै निःसृत भएकोमा जोड दिन्छिन् ।

मसिही पहिचानको यो भावना मुस्लिम आप्रवासनप्रतिको शत्रुतामा पनि प्रकट हुन्छ । एक किसिमले भन्दा इस्लामप्रतिको यो घृणा एक प्रकारको विचलन नै हो । सम्भवतः शताब्दीऔँको युरोपेली इतिहास इसाईयत र इस्लामियतबीचको द्वन्द्वबाट परिभाषित रहेको तथ्यको एक अतिवादी प्रतिध्वनि हो । तर, आजका मसिही राष्ट्रवादीका वास्तविक ‘पराई’ इस्लाम होइन, समकालीन धर्मनिरपेक्ष संस्कृति हो । युरोपको धर्मनिरपेक्ष संस्कृतिको जननी स्पष्टतः १८औँ शताब्दीको युरोपको ‘प्रबुद्धता (इन्लाइटमेन्ट)’ आन्दोलन हो ।

‘मसिही’ र ‘प्रबुद्धता’का मूल्य प्रणालीबीच विद्यमान संघर्ष सीमाहीन इन्टरनेटका कारण बढ्दो छ । निःसन्देह, यी मूल्य प्रणालीबीचको संघर्षले एउटै रूपरेखा पछ्याएका छन् र तीनका मुद्दा र तर्कहरू पनि समान छन् । 

मसिही मूल्य मूलतः मसिही नैतिकतालाई ठेस पु¥याउने नवप्रवर्तनहरूविरुद्ध उभिने सन्दर्भमा तयार पारिएका मूल्य हुन् । यसको सूचीमा पुरुष–पुरुषबीचको समलैंगिक विवाह, गर्भपतन, पारलैंगिक अधिकारका साथै ऐतिहासिक भाष्य निर्माण गर्ने सम्बन्धमा रुढीवादी र संशोधानवादीबीचको संघर्षलगायत समाविष्ट छन् ।

रुसको सेन्ट पिटर्सबर्गदेखि फ्लोरिडाको सेन्ट पिटर्सबर्गसम्मका विचारधारा अनि एलजिबिटिक्यूका पक्षधरता उसका शत्रु हुन् । यही कारण अर्बान भाषण दिन डल्लासमा पुग्छन् र उनको भाषणलाई तीन (अनुदारवादी)ले सहजै बुझ्छन् पनि । राष्ट्रिय राजनीतिको चरित्र चित्रण गर्ने यी बहस र द्वन्द्वहरूलाई कथित अन्तर्राष्ट्रिय सम्बन्धको पृथक् विश्वसँगको लगेर गाँस्नु निःसन्देह थप दुःखद उदाहरण हो ।

आशा छ, राज्यस्तरीय युद्धको दायरामा युक्रेन युद्ध यी सांस्कृतिक युद्धहरूको विचित्र विस्तार पतित हुन्छ । यसो भन्नु यहाँको भयावह मानवीय त्रासदीलाई तुच्छ ठानेको चाहिँ होइन । रुस आफूलाई ‘पश्चिम’ भन्ने कथित पतीत धर्मनिरपेक्ष संस्कृतिविरुद्ध ‘मसिही सभ्यता’को रक्षार्थ लडिरहेको पक्षका रूपमा प्रस्तुत गर्छ । रुसको अर्थाेडक्स चर्चका प्रमुख प्याट्रिआर्क किरिलले यो युद्धलाई आफ्नो स्पष्ट र उत्साहपूर्ण समर्थन जनाउनुको आधार पनि यही हो । वास्तवमा युक्रेनमा लडेर मर्ने रुसी सैनिकहरूको पाप पखालिने दाबी गर्छन् । पुटिन आफू पनि पश्चिमी मुलुकहरूको ‘सतत सैतानवाद’का साथै उनीहरूमा ‘विश्वास र परम्परागत मूल्यहरूको उन्मूलन’ भएको भनी निन्दा गर्छन् ।

यसविपरीत, युक्रेनी र उसका समर्थकचाहिँ आफूलाई युक्रेनी भूमिको रक्षाजत्तिकै ‘इन्लाइन्टमेन्ट’ले जन्माएका मूल्यहरूको रक्षार्थ लडिरहेका रूपमा चित्रण गर्छन् । अनि यी मूल्य भौगोलिक अखण्डताजत्तिकै मूल्यवान भएको तीनको कथन हुन्छ । युक्रेनमाथिको रुसी आक्रमणका निमित्त युरोप र उत्तर अमेरिकाका दक्षिणपन्थीहरूले पुटिनको कडा आलोचना गर्न हिच्किचाइरहेका छन् । किनभने उनीहरू मूल्य–मान्यताको यो लडाइँ आफूहरूकै पक्षमा रहेको ठान्छन् । उनीहरूमध्ये केहीका निम्ति भने खुलमखुला हिंसाको प्रयोग गरेर आफ्नो मिसनलाई अपमानित र बदनाम गरिदिनु र विरोधीलाई ठूलो नैतिक विजय दिनु पुटिनको सबैभन्दा ठूलो अपराध हो ।

(डेभिड साला ‘अल द्याट म्यान इज’ र ‘टर्बुलेन्स’लगायत थुप्रै पुरस्कार जितेका पुस्तकका लेखक हुन्)

सुझावित समाचार