नङ सफा राख्न...

बिहिबार, २१ पुष, २०७९
डिजिटल संस्करण

हामी अन्य कुरामा ध्यान राख्दाराख्दै नङको स्याहार गर्न बिर्सन्छौँ । तर नङ सफासुग्घर भएन भने विभिन्न संक्रमण फैलन सक्छ । सौन्दर्यका दृष्टिले पनि यसको उत्तिकै महत्व छ । नङ सफा राख्न हामीले हातखुट्टा धोइराखेका हुन्छौँ । हातखुट्टा धुँदा बाहिर–बाहिर सफा हुन्छ, तर भित्र फोहोर बसिराखेको हुन्छ । त्यसैले हामीले ब्रसले सफा गर्न सक्छौँ । यसका लागि दाँत माझ्ने ब्रस प्रयोग गर्दा हुन्छ । अथवा, मेडिकेयर गर्न पनि सक्छौँ । 

सकेसम्म काम गर्दा ग्लोब्स लगाएर गर्नुपर्छ । पानी, सरफ, साबुनले ड्राई बनाउँछ । नङको हेरचाहका लागि तेल पाइन्छ । यसको प्रयोग हरेक दिन गर्न सकिन्छ । जसले गर्दा नङ फुट्न, ड्राई हुनबाट जोगिन्छ । 

यसरी सफा गर्ने 
एउटा भाँडामा मनतातो पानीमा सरफ, स्याम्पु राख्ने । त्यसमा १० मिनेट आफ्नो हातलाई भिजाएर राख्ने । त्यसपछि ढाडिएर बसेका फोहोर–मयललाई सफा गर्ने । त्यसैगरी, क्युटिकल टिस्युहरूको प्रयोग गरेर पनि नङलाई सफा गर्न सकिन्छ । यस्तो गर्दा पार्लरमा गएर गरेजस्तै क्लिन हुन्छ । 

सुझावित समाचार