ब्लडप्रेसर नियन्त्रण गर्न...

बिहिबार, २१ पुष, २०७९
डिजिटल संस्करण

मुटुले रगत पम्प गरेर नसाहरूमार्फत यसलाई शरीरका विभिन्न भागमा फैलाउँछ । त्यसक्रममा रगतका नसामा चाप महसुस हुने अवस्थालाई ब्लडप्रेसर भनिन्छ । रगत राम्ररी बग्न नपाएपछि चाप हुन्छ ।  यसको नियन्त्रणका लागि केही उपाय अपनाउन सकिन्छ । 

- नुनको धेरै सेवन नगर्ने । 
- सधैँ स्वस्थकर तथा सन्तुलित आहार लिने । तारेको, भुटेको धेरै नखाने ।
- जाडोमा चिसोबाट जोगिने । न्यानो भएर बस्ने । 
- सामान्य व्यक्तिले प्रत्येक महिना प्रेसर जाँँच गर्ने । प्रेसर बढेको रहेछ भने चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्ने । प्रेसरको औषधि खाइरहेका व्यक्तिले तीन–तीन महिनामा जाँँच गर्ने । 
- तनाव नलिने । 
- नियमित व्यायाम गर्ने ।

सुझावित समाचार