संसद् सचिवालयका सहसचिव पाण्डे सचिवमा बढुवा

बुधबार, २० पुष, २०७९
डिजिटल संस्करण

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन्।

बढुवा समितिको सिफारिसमा संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले बुधबार पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

सचिवालयका सचिव ध्रुव घिमिरेले घरायसी कारण देखाउँदै राजीनामा दिएपछि रिक्त पदमा पाण्डेलाई बढुवा गरिएको सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। सहसचिव पाण्डेले संसद् सचिवालयको प्रवक्ताको जिम्मेवारीमा सम्हालिरहेका थिए।
 

सुझावित समाचार