चिसो छल्न बालेको आगोले पोलेर एक वृद्धाको मृत्यु

मंगलबार, १९ पुष, २०७९
डिजिटल संस्करण

महोत्तरीमा चिसो छल्न बालिएको आगोले पोलिएकी एक वृद्धाको मृत्यु भएको छ। गत आइतबार नुहाएर आगोनजिकै बसेकी पिपरा गाउँपालिका– १ खैरवानिवासी ९५ वर्षीया गुलेब देवीले लगाएको कपडामा आगो लाग्दा घाइते भएकी थिइन्।

उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा उनको उपचारकै क्रममा मंगलबार बिहान मृत्यु भएको परिवारले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि अस्पतालमै रहेको छ।

सुझावित समाचार