प्रतिनिधिसभामा रौतहट– २ बाट निर्वाचित स्वतन्त्र सांसद साह एमालेमा प्रवेश

मंगलबार, १९ पुष, २०७९
डिजिटल संस्करण

रौतहट– २ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् ।

उनी रौटहट– २ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका थिए । पार्टी प्रवेश कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको पनि सहभागिता रहेको थियो । अब एमालेको प्रतिनिधिसभामा सिट संख्या ७९ पुगेको छ ।     

See More On

सुझावित समाचार