आज पनि दोहोरो अंकले बढ्यो नेप्से, करिब तीन अर्बको कारोबार

सोमबार, १८ पुष, २०७९
डिजिटल संस्करण

आइतबार १७ अंकले बढेको सेयर बजार आज पनि १७.५६ अंकले बढेको छ।लामाे समयसम्म १८ सय हाराहारीमा अड्किएको सेयर बजार परिसूचक नेप्से अघिल्लो हप्तादेखि लगातार बढेर दुई हजार ६३ बिन्दुमा उक्लिएको छ। 

आज दुई सय ५३ कम्पनीका ८२ लाख ७१ हजार कित्ता सेयर दुई अर्ब ९६ करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै नबिल बैंकको १६ करोड ८४ लाख र हिमालयन डिस्टिलरीको १६ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भयो।

आज उत्पादन, म्युचएल फन्डबाहेक अरू सबै समूहको सेयर बढेको छ। यसमा पनि बिमा, होटेल तथा पर्यटन, व्यापार, विकास बैंक र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले बढेको छ। आज धौलागिरि लघुवित्त, सिर्जनशील लघुवित्त, खप्तड लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। 
 

सुझावित समाचार