साढे ५२ लाख पेश्की लिएका ठेकेदार एक वर्षदेखि बेपत्ता

शुक्रबार, १५ पुष, २०७९
डिजिटल संस्करण
साढे ५२ लाख पेश्की लिएका ठेकेदार एक वर्षदेखि बेपत्ता

हुम्लाको खार्पु–चुवाँखोलाको पक्की पुल निर्माणस्थल । तस्बिर : नरजन तामाङ/नयाँ पत्रिका

३० चैत ०८० सम्ममा खार्पु चुवाँखोलामा पक्की पुल निर्माण गर्नेगरी एक वर्षअघि (१४ असोज ०७८)सम्झौता गरेको स्वच्छन्द माउन्ट पुमरी जेबि सम्झौता गरेपछि सम्पर्कविहीन बनेको छ । 
स्वच्छन्द माउन्ट पुमरी जेबीले दुई वर्षमा काम सक्नेगरी हिल्सा सिमकोट सडक योजनासँग सम्झौता गरेको थियो । 

तर सम्झौता भएको एक वर्ष बितिसक्दा न त पुल निर्माणको सुरसार छ न हिल्सा सिमकोट सडक योजनाले नै चासो देखाएको छ । 

निर्माण व्यवसायी  भन्छन्– अब काम सुरु हुन्छ
काम सुरू गर्न भन्दै स्वच्छन्द माउन्ट पुमरी जेबी नुवाकोटका प्रतिनिधि ठेकेदार हिमाल अधिकारीले साढे ५२ लाख पेश्की समेत लिएका छन् । यो पुल ११ करोड ८५ लाख रुपैयाँ निर्माण हुँदैछ । 

अधिकारीका अनुसार सोयल टेष्ट भइसक्यो यसको रिपोर्ट एक साताभित्र आउँछ । पुलमा आवश्यक पर्ने फलामसम्बन्धी कामको पनि अर्डर भइसकेको छ । अब चाडै काम सुरू गर्ने योजना रहेको अधिकारीले नयाँ पत्रिकासँग बताए । 

हिल्सा सिमकोट सडक योजना कार्यालयका प्रमुख विरेन्द यादव जिल्लामा नबस्ने हुँदा पनि समस्या भएको स्थानीयको गुनासो छ । हिल्सा सिमकोट सडक योजना हुम्लाका सूचना अधिकारी इन्जिनियर  निरजराज वंशीले भने दसैंअघिनै सोयल टेस्ट र सर्भे भइसकेको जानकारी दिए । 

सुझावित समाचार