प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारीनिवासमा सरेका छन्। ललितपुरको खुमलटारस्थित निवासबाट उनी आज साँझ सरकारीनिवास सरेका हुन्।
उनी आइतबार प्रधानमन्त्रीमा नियुक्त भएर सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन्।