भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सरकारको पहिलो काम : मन्त्री श्रेष्ठ

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण
भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सरकारको पहिलो काम : मन्त्री श्रेष्ठ

नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ। तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका छन्। 

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्ट्राचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका हुन्। 

उनले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नुभएको उल्लेख गरे। उनले जनताले कानुनसम्मत रहेका कुनै पनि कामलाई भनसुन नगरीकन र घुस नखुवाईकन गर्न सक्ने बनाउनुपर्ने आवश्यकता रहेको बताए।

त्यस्तै, जनताको अपेक्षाअनुरूप शिक्षा, स्वास्थ्य, रोजगारी खाद्यान्न, आवास, खानेपानीलगायतलाई उपलब्ध गराउनुपर्ने भएकाले सोहीअनुसार आफूले काम गर्ने बताए। 

सुझावित समाचार