जुम्लामा झुन्डिएको अवस्थामा कर्णेल मृत फेला

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण

जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) अञ्जन रुपाखेती मृत फेला परेका छन्। उनी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए। परिवारका सदस्य आएपछि रुपाखेतीको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको डिएसपी चन्दले बताए।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिको टिम नेपाली सेनाको २४ नम्बर बाहिनीमा पुगिसकेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार