यस मौसममा जाडोबाट बच्नका लागि जिन्स, ज्याकेट, टोपी, पन्जालगायतको प्रयोग अत्यधिक हुन्छ । साडी लगाउनका लागि यस समय युवतीहरूले सोच्नुपर्ने हुन्छ । तर, साडीमाथि लङ कोट, लङ ज्याकेट लगाउन सकिन्छ । वा, टर्टल नेक स्वेटर लगाएर साडी लगाउँदा स्टाइलिस पनि देखिन्छ र चिसो पनि लाग्दैन ।
ढाका : ढाका हाम्रो मौलिक ब्रान्ड हो । मोटो साडी भएकाले यसको प्रयोग प्रायः जाडोमा हुन्छ । विभिन्न महोत्सवहरूमा यो साडीको माग उच्च हुने गर्छ । त्यस्तै, सिफन, जर्जेटलगायत साडीमा ढाकाको बोर्डर प्रिन्ट गरेर लगाउनेहरूको संख्या पनि ठूलो छ ।
वनारसी : हाम्रो कल्चरअनुसार यो विवाहमा धेरै लगाइन्छ । त्यस्तै, परम्परागत समारोह तथा चाडपर्वमा पनि यसको अत्याधिक माग हुने गरेको छ । कुमारीले पनि यस्तै खालको कपडा लगाउँछन् । यो हाम्रो कल्चरजस्तै भइसक्यो ।
जर्जेट : यो खस्रो हुन्छ । ह्यान्डवर्क गर्नका लागि यो राम्रो र पारदर्शी हुन्छ । हाम्रो समाजमा यसको प्रयोग पनि अत्यधिक छ ।
प्याटर्न सिल्क : यो टल्किने कपडा हो । मानिसको ध्यान सजिलै आकर्षित गर्ने भएकाले यो साडी पनि धेरैले लगाउँछन् ।