प्रदेश नं १ नेकपा (एमाले) संसदीय दलको नेतामा हिक्मतकुमार कार्की चयन भएका छन्।
एमाले नवनिर्वाचित प्रदेश सभा सदस्यको आज प्रदेश सभा सचिवालयमा भएको भेलामा तिलकुमार मेन्याङ्बो प्रस्तावक र रेवतीरमण भण्डारीको समर्थनमा स्थायी कमिटी सदस्य कार्की निर्विरोध निर्वाचित भएका हुन्।
नेता कार्की झापा क्षेत्र नं ५ (क) बाट दोस्रोपटक निर्वाचित भएका हुन्। नेता कार्की पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत थिए।