गठबन्धनको बैठकबाट निस्केर बालकोट जाँदै प्रचण्ड

आइतबार, १० पुष, २०७९
डिजिटल संस्करण

गठबन्धनको बैठक छाडेर बालुवाटारबाट निस्केका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट जान लागेकाे बताइएको छ। स्रोतका अनुसार प्रचण्ड एमाले अध्यक्ष केपी ओलीनिवास बालकोट जान लागेका हुन्।

प्रचण्डसँग छलफल गर्ने तयारी रहेको पुष्टि गर्दै ओलीको सचिवालयले प्रचण्ड ओलीनिवास भने आइपुगिनसकेकाे बताएको छ। बैठकअघि याँ पत्रिकासँग कुरा गर्दै माओवादीका महासचिव देव गुरुङले कांग्रेसले अडान नछाडे गठबन्धन कायम नरहने चेतावनी दिएका थिए।

सुझावित समाचार