ओलीको दाबी- प्रचण्डको प्रधानमन्त्री बन्ने चाहना पूरा हुँदैन

शनिबार, ९ पुष, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन्। 

फेरि एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको यस्तो प्रतिक्रिया दिएका हुन्। 

एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले समयमा कदम नचालेकाले प्रचण्डको प्रधानमन्त्री हुने इच्छा समाप्त भएको बताएका हुन्। 

उनले अरुले पनि समयमा कदम नचाले देश फेरि पनि मध्यावधि निर्वाचनतर्फ धकेलिन सम्भावना समेत रहेको औंल्याए। ओलीले भने, ‘पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीका इच्छा गरिरहनु भएको छ, तर उहाँले मलाई लाग्छ–ढिलो गर्नुभयो । निर्णय गर्न ढिलो गर्नुभयो । यदि तपाईले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनु हुन्न, बेच्न पनि पाउनु हुन्न। त्यस्तै अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नु भएन । अरुले पनि समयमा कदम चालेनन् भने समयमा आफू–आफूलाई मात्रै हेरे भने देश फेरि घुमीफिरीकन मध्यावधितिर जाने त्यो सम्भावना पनि छँदैछ । जाँदैन भन्न सकिँदैन।’

सुझावित समाचार