झिने अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्बमाथि

बिहिबार, ७ पुष, २०७९
डिजिटल संस्करण

नेप्से परिसूचकमा आज ज्यादै न्यून अंकको गिरावट आएको छ। ०.०१ अंकले घटेर नेप्से परिसूचक एक हजार ८६७.२१ बिन्दुमा कायम भएको छ। यसैगरी, आज सेन्सेटिभ इन्डेक्स १.७२ अंकले बढ्दा फ्लोट इन्डेक्स ०.११ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०४ अंकले घटेको छ।

२४७ कम्पनीको ३१ लाख ११ हजार ८३३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ११ करोड ९७ लाख ९७ हजार रुपैयाँबराबरको कारोबार भएको छ। आज बैंक, म्युचुअल फण्ड र अन्य उपसमूहबाहेक सबै उपसमूहको सूचक घटेको छ। अन्य उपसमूह सर्वाधिक ३०.२४ अंकले बढ्दा बैंक १.३८ र म्युचुअल फण्ड ०.०५ अंकले बढेको छ।

त्यसैगरी, होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ६२.४६ अंकले घटेको छ। जीवन बिमा ३७.५४,  निर्जीवन बिमा २१.६२ र व्यापार उपसमूह २०ं४६ अंकले घटेको नेप्सेले जनाएको छ।

आज सिर्जनशील लघुवित्त वित्तिय संस्थाका सेयरधनीले सर्वाधिक कमाएका छन्। यस दिन यो कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, धौलागिरि लघुवित्त वित्तिय संस्था ९.९९, आदर्श लघुवित्त वित्तिए संस्था ८.१९ र कालिका पावर कम्पनीको सेयर ८.१५ प्रतिशतले बढेको छ। 

यता आँधीखोला लघुवित्त वित्तिय संस्थाका सेयरधनीले सर्वाधिक ७.७० प्रतिशत गुमाएका छन्। बलेफि हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५.४९ प्रतिशतले घटेको छ।

सुझावित समाचार