आरजूको दाबी– अबको प्रधानमन्त्री देउवा नै हो

आइतबार, ३ पुष, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेकी आरजू राणा देउवाले अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने बताएकी छिन्। आइतबार निर्वाचन आयोगमा निर्वाचित भएको प्रमाणपत्र लिन पुगेकी राणाले ‘नम्बर गेम’का कारण पनि देउवा नै प्रधानमन्त्री बन्ने दाबी गरेकी हुन्।

निर्वाचनमा जितेर आएकाहरूले दाबी गर्नु स्वाभाविक भएको उल्लेख गर्दै उनले देउवा नै प्रधानमन्त्री बन्ने बताएकी हुन्। ‘जोजो आफ्नो–आफ्नो दलबाट जितेर आउनुभएको छ, उहाँहरूले दाबी गर्नु स्वाभाविक नै हो। तर, डेमोक्रेसी र  पार्लियामेन्ट्री सिस्टममा नम्बर गेम हुन्छ। त्यसैमा आधारित हुन्छ, को कुन पदमा आउँछ भन्ने,’ राणाले भनिन्, ‘मलाई ज्योतिषी ज्ञान आउँदैन। तर, अहिले हेर्दा शेरबहादुरजी नै (प्रधानमन्त्री) हुनुहुन्छ जस्तो लाग्छ। ठूलो दल पनि हाम्रै छ, धेरै नम्बर पनि हामीसँगै छ।’

सुझावित समाचार