इटहरीमा रहेको इटहरी इन्टरनेसनल कलेजले सन् २०२२ मा विभिन्न विषयमा स्नातक उत्तीर्ण भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न गरेको छ । दीक्षान्त समारोहमा स्नातक तहअन्तर्गत बिएससी (अनर्स) कम्प्युटिङ र बिए (अनर्स) बिजनेस प्रशासनका दुई सय २७ विद्यार्थी सहभागी भएका थिए ।
समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बिएससी (अनर्स) कम्प्युटिङ तह पूरा गर्ने दुई सय १४ जना सहभागी रहेको कलेजले जनाएको छ । उक्त कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपले छात्रवृत्ति उपलब्ध गराएको जनाइएको छ ।
बेलायतको लन्डन मेट्रोपोलिटिन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सो कलेज इनोभेट नेपाल ग्रुप (आइएनजी)ले सञ्चालन गरिरहेको छ । दीक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । प्रमाणपत्र वितरण गर्दै उनले भने, ‘तपाईंहरूले जस्तो सोच राख्नुहुन्छ, आउने दिनहरू त्यस्तै पाउनुहुनेछ ।
ज्ञानले जीवनमा ठूलो प्रभाव पार्छ । त्यसैगरी, सकारात्मक सोचले हाम्रो जीवनमा राम्रो परिवर्तन ल्याउँछ ।’ दीक्षान्त समारोहमा आइएनजीका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले आजको युगमा वैदेशिक शिक्षा लोकप्रिय बन्दै गएकाले शिक्षाका लागि बिदेसिनेलाई आफ्नो शिक्षा पूरा गरेर आफ्नै देश र्फिर्कन आग्रह गरेका थिए ।