प्रधानमन्त्री देउवा र नेता केसीबीच भेटवार्ता

बुधबार, २८ मंसिर, २०७९
डिजिटल संस्करण

कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ। दुई नेताबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेट भएको हो।

केसीको सचिवालयका अनुसार करिब १ घन्टा भएको छलफलमा निर्वाचन परिणामको समीक्षा, नयाँ सरकार गठन, अर्थतन्त्र सुधारलगायतका विषयमा छलफल भएको थियो।

साथै, बैठकमा गठबन्धन दलहरूबीच साझा अवधारणा तयार गर्ने, नुवाकोटका अधुरा विकास निर्माण र आयोजनालाई तत्काल आगडि बढाउनेलगायतका विषयमा छलफल भएको थियो।

सुझावित समाचार