एमाले नेता गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

आइतबार, १८ मंसिर, २०७९
डिजिटल संस्करण

एमाले नेता गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ। भक्तपुरको मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीमा रहेको बास्कोटाको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको थियो । बास्कोटाको घरको बाहिरी पर्खालमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो । 

घरको पर्खालमा शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली बास्कोटाको घरमा पुगेर उक्त वस्तुलाईनिष्क्रिय पारेको हो । एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसञ्चार तथा सूचनामन्त्री बास्कोटा काभ्रे २ बाट नवनिर्वाचित सांसद हुन् । 

सुझावित समाचार