इजरायलको नाकाबन्दीका कारण गाजामा खाद्यसंकट

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

 इजरायलले गरेको नाकाबन्दीका कारण गाजा क्षेत्रमा खाद्यसंकट आएको छ । गाजा क्षेत्रका कम्तीमा ५७ प्रतिशत जनसंख्या खाद्य असुरक्षाको स्थितिमा पुगेको जनाइएको छ । सो क्षेत्रमा इजरायलले करिब १६ वर्षअघिदेखि नाकाबन्दी गरिरहेको छ । नाकाबन्दीका कारण गाजा क्षेत्रमा दिन–प्रतिदिन खाद्यान्नको अभाव भएको र अहिले करिब ५७ प्रतिशत मानिसलाई खाद्यान्न अभाव हुन पुगेको बताइएको छ ।

गाजाको अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी एक परिषद्ले जनाएअनुसार सो क्षेत्रमा लामो समयसम्म जारी रहेको नाकाबन्दीका कारण यहाँको जनसंख्या चरम गरिबीतर्फ धकेलिएको हो ।

सो परिषद्को प्रतिवेदनमा यहाँका करिब ६४ प्रतिशत नागरिक नाकाबन्दीकै कारण गरिबीको रेखामुनि पुगेको उल्लेख छ । गाजा क्षेत्रमा करिब २० लाख प्यालेस्टिनीको बसोवास छ । इजरायलले सन् २००७ देखि नै यो क्षेत्रमा नाकाबन्दी गर्दै आएको छ । 
 

सुझावित समाचार