प्रधानमन्त्रीका आकांक्षी पौडेलले थाले दौड, सहयोग गर्न नेपाललाई आग्रह

सोमबार, १२ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै कांग्रेस नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन् । उनले राजनीतिक भेटघाटसमेत थालिसकेका छन् । 

सोमबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर पौडेलले आफू प्रधानमन्त्रीको दौडमा रहेको भन्दै सहयोग मागेका छन् । नेपाललाई भेट्न पौडेल उनको निवास कोटेश्वर पुगेका थिए ।

नेपालनिकट नेताहरूका अनुसार भेटघाटमा पौडेलले आफू प्रधानमन्त्रीको स्वभाविक दावेदार भएको भन्दै गठबन्धनमा रहेका दलको साथ चाहिएको बताएका थिए । भेटमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका परिणामबारेसमेत छलफल भएको ती नेताले बताए । 

सुझावित समाचार