सुरितालाई गठबन्धन र पार्टीले पत्याएनन् तर, जनताले विजयी बनाए

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा तत्कालिन राजपाबाट उम्मेदवार भई महोत्तरीकाे प्रदेश २ (ख) मा फराकिलो मतान्तरले विजयी भएकी सुरिता साहलाई यस पटक भने गठबन्धन र उनकै निवर्तमान पार्टी लोकतान्त्रिक समाजवादी पार्टीले टिकट दिएन ।

पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार भई लालटिन छापबाट उम्मेदवारी दिएकी सुरिता साह पुनः निर्वाचित भएकी छिन् । उनले ८ हजार ५६८ मत ल्याई विजयी भइन् । उनले गठबन्धनकै उम्मेदवार नेपाली काँग्रेसका नागेश्वर यादवलाई हराउँदै सानदार रुपमा विजयी भइन् । गठबन्धनका साझा उम्मेदवार नागेश्वर यादवले जम्मा ६ हजार ८०२ मतमा चित्त बुझाउनु पयो । 

सुझावित समाचार