प्युठानमा एमालेका सूर्य थापा विजयी

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

प्युठानको प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेता सूर्य बहादुर थापा क्षेत्री विजयी भएका छन् । बुधबार राती सम्पन्न मत परिणाम अनुसार थापाले पाँच हजार दुई सय ७४ मतान्तरले प्रतिस्पर्धी राजमोकी दुर्गा पौडेललाई हराउँदै  विजयी भएका हुन् । 

थापाले ४१ हजार एक सय १८ र पौडेलले ३५ हजार ८ सय ४४ मत पाएका छन् ।  जिल्लामा कुल ८८ हजार नौ सय ९८ मत खसेको थियो । पहिलोपटक निर्वाचन लडेका सूर्य थापाले पाँच दलीय गठवन्धनलाई हराएका हुन् । 

सुझावित समाचार